गोदावरीमा स्कुलबसको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु

Posted On    Author    Category सामाजिक.

६ कार्तिक २०७६,ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडानम्बर ९ मा एक विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत आठ वर्षीय नवीन घिमिरेको घटनास्थलमै मृत्यु भएको छ ।

छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले मंगलबार बिहान करिब सवा ९ बजेतिर किचेर सोही विद्यालयका विद्यार्थी घिमिरेको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । घिमिरेले एलकेजीमा अध्यनरत थिए ।

विद्यालय जाने क्रममा उनी बसको ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताए ।

घटनापछि स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए । अहिले स्थितिमा नियन्त्रणमा आइसकेको र घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा चन्दले जानकारी दिइन् ।

sbd-90X900

Leave a Reply

Your email address will not be published. Required fields are marked *