कुलमान घिसिङ बने मोबाइलमा सबैभन्दा बढी खर्च गर्ने नेपाली

Posted On    Author    Category अर्थ.

काठमाडौं : तपाईँ मोबाइल कुराकानीमा कति पैसा सक्नुहुन्छ ? साताको १०० रुपैयाँ ? कि दिनको १०० रुपैयाँ ? वा यो भन्दा धेरै ?

यसको जवाफ व्यक्तिपच्छे फरक-फरक हुन सक्छ। तर मोबाइल सेवामा सबैभन्दा बढी रकम खर्च गर्ने व्यक्तिको हामी तपाईँलाई चिनाउँदै छौँ।

व्यक्तिगत समूहतर्फ नेपाल टेलिकमको पोस्ट पेड मोबाइल सेवामा सबैभन्दा बढी रकम खर्च गर्ने व्यक्ति हुन् नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका अनुसार घिसिङले यो वर्षमात्र आफ्नो मोबाइल सेवाबापत् एक लाख ९७ हजार खर्च भुक्तानि गरेका छन्।

नेपाल टेलिकमको १४ औँ वार्षिकोत्सव समारोहका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सबैभन्दा बढी रकम खर्च गरेका ग्राहकलाई सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्मान गरेका थिए।

प्रिपेड सेवातर्फ सबैभन्दा बढी रकम खर्च गर्नेमा पत्रकार पुष्प दुलाल छन्। उनले यो वर्ष ६४ हजार रुपैयाँ खर्च गरेका छन्। मन्त्री बस्नेतले पत्रकार दुलाललाई सम्मान गरे। कार्यक्रममा घिसिङ भने उपस्थित थिएनन्।

संस्थागत तर्फ सबैभ्दा बढी रकम खर्च सूर्य नेपालले गरेको छ। उसले ९ लाख ८६ हजार रुपैयाँ खर्च गरेको छ।

 

source annapurnapost

Leave a Reply

Your email address will not be published. Required fields are marked *