काठमाडौँका चौध नदीको दायाँबायाँ घर बनाउँदा छाड्नुपर्ने दूरी सार्वजनिक

Posted On    Author    Category सामाजिक.

काठमाडौँ – काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ नदीको बहाब क्षेत्रको दायाँबायाँ छाड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ ।

RG-Bhaktapur-manohara-river-01JPGवाग्मती, विष्णुमती, हनुमन्ते र मनोहरामा दायाँबायाँ २० मि, धोबीखोलामा धोबीखोला आयोजना लागू भएको क्षेत्रमा आयोजनाले तोकेअनुसार र अन्यत्र नौ मि दूरी कायम गरिएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी दिए ।

“नख्खुखोलामा १२ मिटर, बल्खु, कर्मनासा (कोड्कु), साङ्ले र महादेव खोलामा १० मिटर, शोभाभगवतीस्थित विष्णुमती खोलामा मिसिने करखुसी खोलामा छ मिटर, इच्छुमती, सामाखुसी एवम् उपत्यकामा बग्ने अन्य खोलामा चार मिटर दायाँबायाँ कुनै पनि भौतिक संरचना निर्माण नगर्न सार्वजनिक सूचना जारी गरिएको छ, कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न पाइने छैन”– उनले भने ।

नदी वा खोलाको दायाँबायाँ भौतिक संरचना निर्माण गर्दा बाढीको जोखिम पनि हुने सम्भावना रहेकाले मानवीय दृष्टिले समेत मापदण्ड लागू गरिएको प्राधिकरणले जनाएको छ । यो मापदण्डले नदी किनारका पर्ती एवम् सार्वजनिक जग्गाको पनि संरक्षण हुनेछ ।

विसं २०२१ मा वाग्मतीको दायाँबायाँ १०० मि छाड्नुपर्ने नियम भएकामा उपत्यकामा बस्ती बढ्दै गई आवासीय क्षेत्र पनि घटेकाले ३० मि हुँदै अहिले २० मिमा झारिएको प्राधिकरणले जनाएको छ ।

source ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *