इम्बोष्ड नम्बर प्लेट जडान रोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश

Posted On    Author    Category सामाजिक.

काठमाडौँ — सर्वोच्च अदालतले यातायात व्यवस्था विभागलाई तत्कालका लागि सवारी साधानमा इम्बोष्ड नम्बर प्लेट जडान नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उक्त आदेश दिएको हो। वातावरणकर्मी भरत बस्नेतले इम्बोष्ट नम्बर प्लेटमा नेपाल लिपि प्रयोग नगरिएको र यसमा प्रयोग हुने चिप्सले मुलुकको सुरक्षा ब्यवस्थाको जासूसी गर्न सकिने उल्लेख गर्दै तत्काल रोक्न माग गर्दै रिट दिएका थिए।

हालसम्म विभागले १७ सय वटा सवारी साधनमा इम्बोष्ड नम्बर प्लेट जडान गरिसकेको छ भने ५ हजार वटा निवेदन परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *