आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

Posted On    Author    Category Uncategorized, राष्ट्रीय समाचार.

५ मंसिर, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमबारदेखि क्यालिब्रेसन उडान सुरु हुँदैछ । यसका लागि एरो थाईको जहाज शनिबार नै पोखरा पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो ।

यो प्रयोजनका लागि अघिल्लो पटक भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरेको एरो थाई कम्पनीको जहाज नेपाल बोलाइएको हो । यो जहाज आगामी ५ डिसेम्बरसम्म नेपाल रहने छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले १ जनवरी २०२३ देखि व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ । त्यस अगाडि परीक्षणहरु हुनुपर्छ । प्राधिकरणका अनुसार क्यालिब्रेसन फ्लाइट एक विस्तृत यान्त्रिक परीक्षण उडान हो । यो सम्पन्न भएपछि उडान गरेको कम्पनीले प्रतिवेदन बुझाउँछ । सोही प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिन्छ । परीक्षण उडान समेत सफल भएको प्रतिवेदन आएपछि भने विमानस्थलमा अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि कम्पनीहरुले अनुमति पाउँछन् ।

https://ganapatijewellers.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *