आइतबार चापागाउँ–खुमलटार सडक खण्ड विहान बन्द !

Posted On    Author    Category सामाजिक.

ललितपुर, फागुन २६ । चापागाउँ–खुमलटार सडकखण्ड आइतबार विहान ७ः३० देखि ९ः०० बजेसम्म बन्द हुने भएको छ । स्थानीय सरोकारवालाहरुले उक्त सडकखण्डको मर्मत नभएकोले दबाब स्वरुप बन्द गर्न लागेको वडा नं. १५ का वडा अध्यक्ष सुदर्शन मिश्रले दैनिकीन्युजलाई जानकारी दिए । उनका अनुसार बन्दलाई उक्त क्षेत्रका नागरिक समाज, वडा नं. १४ र १५ को समेत समर्थन रहेको छ ।

चक्रपथसँग जोडिएको सडकमा काम लथालिंग हुँदा यात्रु मात्र नभई स्थानीय जनतासमेत हैरान छन् । दैनिकजसो स्थानीयवासीले सडक निर्माणमा ढिलाइ भएको भन्दै डिभिजन कार्यालयमा गुनासोसमेत गरेका छन् । तर सुनुवाई कतैबाट नभएको उनीहरुको गुनासा छ । स्थानीय जनताहरु उक्त सडक खण्डमा विगत १५ महिनादेखि धुलो उडाउँदै हिड्न बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *