अब ट्राभल तथा ट्रेकिङ कम्पनी खोल्न २५ लाख चुक्ता पुँजी चाहिने

Posted On    Author    Category अर्थ.

काठमाडौं । सरकारले ट्राभल ट्रेकिङ नियमावली २०७४ जारी गर्दै ट्राभल तथा ट्रेकिङ कम्पनी संचालन गर्नको लागि चुक्ता पुँजी २५ लाख पुर्याएको छ ।

सरकारले १० लाख रहेको चुक्ता पुँजी बृद्धि गर्दै २५ लाख पुर्याएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययले जानकारी दिए । मन्त्रीपरिषद्ले गत साता उक्त नियमावली पारित गरेको थियो ।

नियमावलीमा स्वतह रद्दमा परेका कम्पनीलाई दोव्वर दस्तुर तिरेर नविकरण गर्न पाउने व्यवस्थासमेत गरेको छ । कम्पनीहरुको नविकरण दस्तुर पनि वार्षिक २५ हजार पुर्याएको छ । हाल १० हजार रुपैयाँ नविकरण शुल्क रहेको थियो ।

पर्यटन विभागमा हाल हजार ट्राभल एन्ड टुर्स तथा १ हजार ६ सय को हाराहारीमा ट्रेकिङ कम्पनीहरु दर्ता भएका छन् । सरकारले कम्पनीहरुलाई व्यवस्थित र जिम्मेवार बनाउन पनि चुक्त पुँजी तथा नविकरण शुल्क बृद्धि गरेको उपाध्ययले जानकारी दिए ।

यसैबीच सरकारले पूर्णरुपमा अशक्तहरुलाई हिमाल आरोहणमा प्रतिबन्ध लगाएको छ । विगत लामो समय देखि चर्चामा रहेको पर्वतारोहण नियमावली २०७४ जारी गर्दै प्रतिबन्ध लगाएको हो ।

मन्त्रीपरिषद्ले पारित गरेको नियमावलीमा दुई आखाँ, दुई हात तथा दुवै खुट्टा नहुनेहरुलाई प्रतिबन्ध लगाउने भएको हो । “अव कुनै पनि पूर्ण अशक्तहरुलाई पर्वतरोहणको लागि अनुमति दिइने छैन्,” मन्त्रालयका प्रवक्ता उपाध्ययले भने ।

नियमावली जारी भएसंगै अव शेर्पाहरुले पनि प्रमाणपत्र पाउने भएका छन् । आरोहणमा सघाउने गाईड तथा भरियाहरुलाई कुनै पनि प्रमाणपत्र दिइने व्यवस्था छैन् । “अव काम अनुसारको प्रमाणपत्र पाउने छन्,” प्रवक्ता उपाध्ययले भने । हिमाल आरोणलाई सुरक्षित बनाउन सरकारले नियमावली जारी गरेको मन्त्रालयको भनाई छ ।

नियमावलीमा एक्लै पनि कुनै आरोहीलाई अनुमति नदिने व्यवस्था गरेको छ । वार्षिक झन्डै १ हजार हाराहारीमा आरोहणका लागि विदेशी नागरिकहरु नेपाल आउने गरेका छन् । गत वर्ष पनि ७ सय ८९ आरोहीहरुले आरोहण गरेका थिए । अशक्तहरु आरोहणमा बढी मात्रमा असुरक्षित हुने गरेको सरकारको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *