होटल हिल्टन निर्माणका क्रममा नक्सालको सडक भासियो

Posted On    Author    Category सामाजिक.

काठमाडौं— हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन होटलले जमिनमुनि अत्यधिक खन्दा नक्सालको सार्वजनिक सडक भासिएको छ।

निर्माणाधीन होटलको नाम डबल ट्री रहेको छ।

विश्वभरि ४ हजार ८२० कम्पनीको स्वामित्व रहेको हिल्टन वर्ल्डवाइड काठमाडौंमा पाँचतारे होटल निमार्णका क्रममा सडक भासिएको हो।
नक्सालस्थित भगवती बहाल र प्रहरी प्रधान कार्यालय जाने बाटोमा होटल निर्माणका लागि जमिन खन्ने काम भइरहँदा अाइतबार सडक भासिएको हो।

दुईतर्फी सवारी सञ्चालन हुने सडकको आधा भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ। सवारी आवागमन अवरुद्ध हुँदा सो क्षेत्र वरपरको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *