सोमबार विहानको पराकम्पः आमाडब्लम हिमालमा एक शेर्पाको मृत्यु

Posted On    Author    Category सामाजिक.

१३ मंसिर, काठमाडौं । सोमबार विहान गएको पराकम्पका कारण चट्टान खस्दा अमादब्लम हिमाल आरोहणमा गएका एक शेर्पाको मृत्यु भएको छ ।

रामेछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर ५ बजेर २० मिनेटमा ५.६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो ।

सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार भूकम्पका कारण खसेको चट्टानले लागेर लाक्पा थिन्बु शेर्पाको मृत्यु भएको छ । शेर्पासहितको टोली अमादब्लम हिमाल आरोहणका लागि गएको थियो र आधार शिविरमा बसेको थियो ।

घाइते ४५ वर्षका शेर्पालाई उद्धार गरी हेलिकोप्टरमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रजिअ पाण्डेले जानकारी दिए ।

आरोहण टोलीमा कति जना थिए भन्ने खुलेको छैन । तर, उनीहरु सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

भूकम्पका कारण खसेको पहिरोले लुक्लामा दुई घरमा पुरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *