सेल्फी खिच्दा दुई युवती नारायणीमा बगे

Posted On    Author    Category सामाजिक.

चितवन- नारायणी नदी तिरमा सेल्फी खिच्दा खसेर दुई युवती नारायणीमा बगेका छन्। एकजनाको जिवितै उद्धार भए पनि एकजना नारायणी नदीमा हराई रहेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ। आइतबार दिउँसो पौने दुई बजे सो घटना भएको हो।

नवलपरासी गैंडाकोट नगरपालिका वडा नं. १६ का नम्रता सापकोटालाई जिवितै उद्धार गरेको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापाले जानकारी दिए। सोही ठाउँकी विस्मृती ज्ञवाली नदीमा हराई रहेकी उनले बताए।

‘दुवैजना १८ वर्षका हुन् । भरतपुरको अरोमा कलेजमा १२ कक्षा बढ्ने विद्यार्थी हुन्’ प्रहरी निरीक्षक थापाले भने । उद्योग वाणिज्य संघभन्दा तल चट्टानमाथि गएर मोबाइल फोनबाट सेल्फी खिच्न लाग्दा चिप्लेर नदीमा खसेको उनले बताए। बग्दै गएको देखेपछि नदी किनारमै रहेका श्याम थापाले पौडेर नम्रतालाई निकालेका थिए। विस्मृतीलाई भने बगाउँदै लगेको र उनको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *