सीआइबीद्वारा २० विदेशी डाक्टर पक्राउ

Posted On    Author    Category अपराध.

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले काठमाडौंका विभिन्न अस्पतालबाट अनुमति नै नलिई काम गरिरहेका २० जना विदेशी डाक्टरलाई पक्राउ गरेको छ।

नेपाल मेडिकल काउन्सिलको सहकार्यमा अवैध डाक्टर पक्राउ गरेको सीआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले जानकारी दिए। सीआइबीको अप्रेशन जारी राखेकाले थप विवरण आउन बाँकी छ।

नेपालमा विदेशी डाक्टरले काम गर्न काउन्सिलको अनुमति लिनुपर्ने हुन्छ। त्यसका लागि पनि यहाँ नभएको विशेषज्ञलाई काउन्सिलले अनुमति दिने गर्छ। त्यसरी अनुमति लिएकाहरुले दुर्गम ठाउँमा पनि गएर काम गर्नुपर्ने हुन्छ। पछिल्लो समय काठमाडौ उपत्यकाभित्रै अनुमति नलिई काम गरेको सूचनाका आधारमा उनीहरुलाई सीआइबीले पक्राउ गरेको हो।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *