सागमा नेपालले आज बङ्गलादेशको सामना गर्दै

Posted On    Author    Category खेल.

दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गतको पुरुष फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले आज बङ्गलादेशको सामना गर्दै छ ।

भारतको गुहावटीमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ बङ्गलादेशको सामना गर्न लागेको हो । नेपालले यसअघि भएको पहिलो खेलमा भुटानलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ । भुटान र बङ्गलादेशबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि नेपालले सेमिफाइनलको यात्रा एक खेल अगावै यात्रातय गरेको हो ।

त्यस्तै नेपालले बङ्गलादेशलाई पराजित गरेमा ‘समूह बी’ को विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्नेछ भने हार बेहोरेमा समूहको उपविजेताका रुपमा सेमिफाइनमा प्रवेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *