साइकल मन्त्रीको करामतः २० हजारको सोलार उद्घाटन गर्न ३ लाखको हेलिकप्टर चार्टर

Posted On    Author    Category सामाजिक.

१८ चैत, काठमाडौं । साइकल चढेर चर्चा बटुलेका जनसंख्या तथा वाताबरणमन्त्री विश्वेन्द्र पासावानले अवसर पाउँदा भने हेलिकप्टर चढेर राज्यको लाखौँ रुपैयाँ दुरुपयोग गरेका छन् ।
आफ्नो मन्त्रालयमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत साइकल चढ्न लगाएका उनी हेलिकप्टर चार्टर गरेर मंगलबार कार्यकर्ता र केही कर्मचारी सहित सिरहाको बेल्हा पुगेका आजको कारोबार दैनिकमा समाचार छ ।
२० वाटको सोलार बत्ती उद्घाटन गर्न हेलिकप्टर चार्टर गरेका मन्त्री पासवानको यो कदमलाई मन्त्रालयकै अधिकारीले रुचाएका छैनन् ।
लाखौं खर्च गरी सोलार बत्ती उद्घाटनमा पुगे पनि १ थान सोलारको मूल्य १० हजार रुपैया पर्छ । मन्त्री पासवानले सिरहामा २ थान सोलार बत्तीको उद्घाटन गरे । २० हजार मूल्यबराबरको सोलार बत्ती जडान गर्ने कार्यक्रममा उनको तडकभडक बढी नै देखिएको मन्त्रालयका अधिकारी बताउँछन् ।
उनीहरुका अनुसार पहिला गाडीमै जाने तयारी भए पनि मन्त्री पासवानकै आग्रहमा हेलिकप्टर चार्टर गरिएको हो

source online khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *