
सहकारी बैंक र नेपाल क्लियरिङ हाउस बीच सम्झौता सम्पन्न जेठ ७, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस बीच अन्तर बैंक भुक्तानी प्रणाली सम्झौता सम्पन्न भएको छ । यस सम्झौता सँगै अब नेपाल क्लियरिङ हाउस मार्फत राष्ट्रिय सहकारी बैंकमा आवद्ध रहेका सदस्य सहकारी संघ संस्थाहरुले अन्तर बैंक भुक्तानी प्रणाली मार्फत रकमान्तर गर्न सक्नेछन्, आज केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच सो सम्झौता पत्रमा सहकारी बैकको तर्फबाट प्रवन्ध संचालक के.वी. उप्रेती र नेपाल क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।
यस सम्झौता पश्चात बैंकमा आवद्ध सहकारी संघ संस्थाहरुले अन्तर बैंक भुक्तानी तथा रकमान्तर सुविधा प्राप्त गर्न सक्नेछन् । यस प्रणाली मार्फत नेपाल क्लियरिङ हाउससँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनैपनि खातामा भुक्तानी दिन र लिन सकिनेछ ।
Leave a Reply