सवारी लाइसेन्स शुल्क बढ्यो, यस्तो छ नयाँ शुल्क

Posted On    Author    Category सामाजिक.

काठमाडों, साउन ३ । यातायात व्यवस्था विभागले सवारी लाइसेन्स शुल्क बढाएको छ ।

विभागले यहि साउन १ गतेदेखि लागू हुनेगरी सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन दस्तुर, नयाँ लाइसेन्स, नवीकरण र प्रतिलिपी शुल्कमा दोब्बर बढीले बृद्धि गरेको छ ।

विभागले लाइसेन्स लिन लिखित परीक्षाको फारम शुल्क २ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ बनाएको छ ।

यस्तै दुईपांग्रे सवारी–साधनको लाइसेन्स लिँदा र नवीकरण गर्दा लाग्ने शूल्क १५ सय रुपैयाँ पुर्‍याएको छ । यसअघि, ७ सय रुपैयाँ थियो ।

विभागले कार, जिप, डेलिभरी भ्यानको शतप्रतिशत बढाएर २ हजार रुपैयाँ पुर्‍याएको छ ।

मिनीबस, मिनीट्रकको १५ सय रुपैयाँबाट बढाएर २५ सय र ठूला सवारी–साधनको लाइसेन्स लिँदा ३ हजार रुपैया तिर्नुपर्ने भएको छ ।

त्यस्तै, प्रतिलिपी लाइसेन्स लिँदा लाग्ने १ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ बनाइएको छ ।

विभागका प्रवक्ता वसन्त अधिकारीले गैरकर राजश्व बढेकाले यातायात विभागबाट प्रवाह हुने सबै सेवा शूल्य साउन १ गतेदेखि बढाइएको बताए ।

 

source imagekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *