सडक बिस्तार बिरुद्द कालिमाटी बासिन्दा जाने भयो मुद्दामा

Posted On    Author    Category सामाजिक.

त्रिपुरेश्वर-नागढुङ्गा सडक बिस्तारको योजना अनुरूप केही समय अघी देखी काठमाडौं उपत्यका विकास प्राधिकरणले बिना पूर्व सूचना सडक विस्तारका नाममा घर कम्पाउन्ड डोजर लगाएर भत्काएर स्थानिय बासिन्दाहरुलाई आतंकित बनाउदै अाइरहेकोछ । बिना छलफल र जानकारी डोजरले घरको पर्खाल र भर्र्याङ् भत्काउन सुरु भएपछी कालिमाटी बासिन्दाहरुले भिभिन्न चरणमा बिभिन्न पक्ष सँग छलफल र परामर्श गर्दै आज मिती २०७३ जेठ १ गते बसेको स्थानिय बासिन्दाहरुको भेलाले सडक बिस्तारको बिरुद्द मुद्दामा जाने निर्णय गरेको छ ।

सडक बिस्तारको क्रममा मर्कामा पर्ने कालिमाटी बासिन्दाहरुले आफ्नो जग्गा पुर्जाको फोटो कपी, नागरिकताको फोटो कपी संकलन गर्ने काम सुरु गर्ने भएको छ र सो कार्यका निम्ती सम्बन्धित पक्षले कालिमाटी निवासी सुमन सायमी (९८५१०६३०००) सँग संपर्क राखी आफ्नो कागज पत्रहरु बुझाउन सक्नु हुनेछ ।

source kalimativoice

Leave a Reply

Your email address will not be published. Required fields are marked *