वैशाख २५ देखि जेठ ३ गतेसम्म नारायणघाट-मुग्लिन सडक २४ सै घण्टा खुला

Posted On    Author    Category सामाजिक.

वैशाख २२, २०७४- आउँदो वैशाख २५ देखि जेठ तीन गतेसम्म नारायणघाट-मुग्लिन सडक २४ सै घण्टा खुल्ने भएको छ । स्थानीय चुनावमा आवत जावत गर्न सहज होस भनेर नारायणगढ मुग्लिन सडक आयोजनाले २४ सै घण्टा खुल्ला गरिएको जनाएको छ ।

अहिले उक्त सडकखण्ड बिहान १० देखि दिउँसो ४ बजेसम्म दिनकै बन्द हुँदै आएको छ । आयोजनका इन्जिनियर शिव खनालका अनुसार मतदाता चुनावको लागि यता र उता गर्ने भएकोले सडक २४ सै घण्टा खुला गरिएको हो । उनले भने, ‘चुनावमा भोट हाल्न घर जानेहरु हुन्छन् । उनीहरुलाई लक्षित गरेर सडक बन्द नगरी खुल्ला गरिएको हो ।’

उनले जेठ ४ गतेपछि भने अहिलेजस्तै बिहान १० देखि ४ बजेसम्म नै बन्द हुने बताए ।

Source: Kantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *