विश्वको सबैभन्दा चम्किलो टर्चलाइट सर्वसाधारणका लागि उपलब्ध

Posted On    Author    Category व्यापार.

अमेरिकी सेनाले प्रयोग गर्ने विश्वकै सबैभन्दा बढी चम्किलो टर्चलाइट अब सर्वसाधारणका लागि पनि उपलब्ध भएको छ। जी ७०० टेक्टिकल फ्ल्यासलाइट नाम भएको उक्त लाइटमा विशेष प्रकारको स्ट्रोब मोड भएकाले अपराधी वा आक्रमणकारीको आँखामा लगाउने वितिक्कै अपराधीले केही समय अन्धोपनको अनुभुति हुन्थ्यो।

यसमा लाइटको फोकस १०० एक्स बढी हुन्छ। यसको प्रकाश सिधै आँखामा लगाएपछि केही समयका लागि केही पनि देखिदैँन। सेनाले अपराधी र आक्रमणकारीलाई पक्रन यसको प्रयोग गर्ने गरेको छ।

रातीको समयमा एक्लै हिड्नु परेको समयमा, कुनै जनावरलाई भगाउनु परेमा यो लाइट निकै उपयोगी छ। कुनै आपतकालिन परिस्थितिमा कुनै प्रकारको संकेत दिन पनि यस लाइटको प्रयोग गर्न सकिन्छ। यसले २ मिल टाढासम्म प्रकाश पार्न सक्छ।

source setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *