विदेशमा नर्सिङ पढ्न अब काउन्सिलको स्वीकृति अनिवार्य

Posted On    Author    Category शिक्षा.

काठमाडौं, २७ फागुन । नर्सिङ पढ्न विदेश जाने विद्यार्थीले नेपाल नर्सिङ काउन्सिलबाट अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । विदेशमा नर्सिङ पढेर आएका विद्यार्थीको गुणस्तरलाई ध्यानमा राखी नियमन गर्ने उदेश्यले नेपाल सरकारले सचिवस्तरीय निर्णय गरी सो नियम लागू गरेको हो । विदेशमा नर्सिङ पढ्न जाँदा अध्ययन स्वीकृति लिनुपर्ने प्रावधान १८ फागुनमा बसेको सचिवस्तरीय बैठकले निर्णय गरेको हो ।

विदेशमा अध्ययन गरेर आएका नर्सिङ विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट सर्टिफिकेट भेरिफिकेसन गर्नुपर्ने हुन्छ । विदेशमा अध्ययनको लागि जाने विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर समेत लिनुपर्ने हुन्छ । नयाँ बनेको यस प्रावधानबाट विदेश पढ्न जाने नर्सिङ विद्यार्थीले काउन्सिलबाट समेत अध्ययन स्वीकृति लिनुपर्ने हुन्छ । नर्सिङ विद्यार्थीको गुणस्तरलाई ध्यानमा राखी काउन्सिलले नियमन सुरु गर्ने काउन्सिलका अध्यक्ष गोमा निरौंलाले बताइन् । काउन्सिलले निर्धारण गरेका कलेज तथा युनिभर्सिटीमा मात्रै नर्सिङ अध्ययनका लागि जान पाउने अध्यक्ष निरौंलाले बताइन् । ‘यो विद्यार्थीको अध्ययन गुणस्तर निर्धारणको लागि हो,’ उनले भनिन् । विद्यार्थीले जुन पायो त्यही कलेजमा पढ्दा दुःख र रजिष्ट्रेसनमा समस्या नपाओस् भनेर कलेज निर्धारण र स्वीकृतिको प्रावधान ल्याएको अध्यक्ष निरौलाले जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *