लिटिल एन्जेल्स स्कुलको पौडीपोखरीमा विद्यार्थीको रहस्यमय मृत्यु

Posted On    Author    Category सामाजिक.

काठमाडौं, जेठ २३– ललितपुरको हात्तीबनस्थित लिटिल एन्जेल्स स्कूलमा कक्षा ८ मा अध्ययनरत राहुल शाहको रहस्यमय मृत्यु भएको छ ।

विद्यालयको होस्टलमा बसेर अध्ययन गर्दै आएका शाह सोमबार साँझ मृत फेला परेको भन्दै होस्टल वार्डेनले परिवारलाई खबर गरेका थिए ।

तर राहुल शाहलाई स्कुल भित्रै हत्या स्विमिङ पुलमा फ्याकिएको मृतकका भिनाजु संजिव शाहले दाबी गरे । उनले भने, ‘स्कुलले ५ बजे घट्ना घटेको भनेको छ, तर हामिलाई होस्टल वार्डेनले साँढे ५ बजेमात्र खबर गरेका थिए ।’

अभिभावक विद्यालय पुग्दा विद्यालय प्रशासनले राहुललाई लतिलपुरको धापाखेल स्थित सुमेरु अपस्ताल लगिसकेको थियो । मृतकका भिनाजु संजिवका अनुसार राहुलको घाँटीमा कालो डाम देखिएको छ भने पेटमा पनि चोट लागेको छ ।

गएको वैशाखदेखि होस्टल बसेर अध्ययन गर्दै आएका धनुषाको यदुकुवा गाउँपालिका स्थायी घर भएका राहुलको शवलाई पोष्टमार्टमका लागी शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपी रामेश्वर यादवले जानकारी दिए ।
उनले भने, ‘सोमबार साँझ साँढे ५ बजेसम्म राहुलले स्विमिङ गरेको र दोस्रो टोली जाँदा मृत फेला परेको विद्यालयले जानकारी दिएको छ, घट्नाबारे हामी अनुसन्धान गरिरहेका छौं ।’

source ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *