ललितपुर महानगरपालिकाका कर्मचारी ७० हजार घुस लिएपछि पक्राउ

Posted On    Author    Category सामाजिक.

ललितपुर महानगरपालिकाका कर्मचारी ७० हजार घुस लिएपछि पक्राउ

ललितपुर महानगरपालिकाको राजस्व शाखाका कम्प्युटर अपरेटर ७० हजार घुस सहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्राविधिक खरिदार राजेन्द्र नेमकुल र बिचौलिया कृष्ण बोगटीलाई आईतबार पक्राउ गरेको हो।

खरिदार नेमकुलले घरबहाल कर बापत सेवाग्राहीले भुक्तान गर्ने रकम कम्प्युटरमै घटाउने र सोही अनुसारको भुक्तानीको रसिद दिने शर्तमा ७० हजार घुस लिएका थिए। पक्राउपछि अख्तियारको टोलीसँग उनले लामो समयदेखि राजस्व शाखामा घुस लिएर रकम घटाउने काम गरिरहेको बताएका छन्। उनले आफू, बिचौलिया बोगटी र राजस्वकै अर्का एक जना कर्मचारीको मिलमतोमा यस्तो काम हुने गरेको खुलासा गरे।

स्रोतका अनुसार नेमकुलले ललितपुरका एक स्थानीयलाई २ लाख ५४ हजार रुपैयाँ घरबहाल कर तिर्नुपर्ने बताएका थिए। त्यसलाई कम गर्न आग्रह गर्दा उनले ८७ हजार रुपैयाँसम्म मिलाइ दिन सकिने तर आफूलाई सहयोग गर्नुपर्ने बताएका थिए। २ लाख ५४ हजार तिनुपर्नेमा ८७ हजार रुपैयाँ मात्र तिर्दा बाँकी रहेको रकममध्ये आधा कर्मचारी र आधा घरधनीलाई फाइदा हुने गरी बिचौलियामार्फत सेटिङ मिलाइएको थियो।

सोही अनुसार आइतबार खरिदार नेमकुलले घुस लिएका थिए। घुस रकम महानगरपालिकाका ३ कर्मचारीले बाँडेर लिने गरेको उनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *