ललितपुर उपमहानगरपालिकाले नगरको फोहर नउठाउँदा

Posted On    Author    Category सामाजिक.

ललितपुर- ललितपुर उपमहानगरपालिकाले नगरको फोहर नउठाउँदा ललितपुर नगर नै नरकजस्तै बन्दै गएको छ। पाटनको लगनखेल बसपार्कलगायत कैयौं ठाउँमा थुप्रेको फोहर उमपाले नउठाएपछि बनेका फोहरको पर्वतले सहर  दिनानुदिन दुर्गन्धित र प्रदुषित बन्दै गएको छ।

लगनखेल बसपार्कमा एक सातायता फोहरको डंगुर थुप्रेको छ। तर  सडकमा फोहर कुहिएर बसपार्क क्षेत्र नै दुर्गन्धित हुँदा पनि नगरपालिकाले फोहर उठाएको छैन। ललितपुरमा यसरी फोहर थुप्रनु अनकौंपल्टको समस्या हो। यसरी थुप्रेको फोहर र दुर्गन्धसँग त्यहाँबाट हिँड्ने बटुवा र यात्रु अभ्यस्त हुन थालेका छन्।

सहरको फोहर व्यवस्थापन गर्न ललितपुर उमपाको वातावरण तथा सफाइ शाखामा ३ सय हाराहारी सफाइ कर्मचारी छन्। यतिधेरै कर्मचारी भए पनि  नगर फोहरले भरिँदा पनि उमपा र उमपाका सफाइ शाखाले सडक, चोक र विभिन्न सार्वजनिक ठाउँमा थुप्रेको फोहर नदेखेको स्थानीय बासिन्दा आरोप लगाउँछन्।

बर्खाको झरीमा नगरवासीले बसपार्क क्षेत्रमा थुपारेको फोहर दैनिक सफा नगरिँदा लगनखेल बसपार्कलगायत अन्य चोक र सडक फोहर थुपार्ने डम्पिङ साइट बन्दै गइरहेका छन्। उमपाले चौबिसै घन्टा अनुगमन गर्नुपर्ने क्षेत्रमा समेत कहिलेकाहीँ मात्र नगरप्रहरी देखा पर्छन्।

एक जनाले सडकमा मिल्काएपछि एकपछि अर्को गर्दै फोहर थुपार्ने नगरवासीको खराब बानीले लगनखेल बसपार्कलगायत अन्य सार्वजनिक ठाउँ फोहर बन्दै गएको बताउँछन् ललितपुर, मंगलबजारका अजित ताम्राकार। उनी भन्छन्, …पहिला पहिला त नगरपालिकाका फोहर बोक्ने गाडी दिनमा २/३ पल्ट आउँथे। आजकाल भने फोहर सडेर गन्हाउने भएपछि मात्र उठाउन आउँछ।’

लगनखेल बसपार्कछेउ वरपरकै स्थानीयले फोहर फाल्छन् तर उठाउन उमपाको फोहर बोक्ने गाडी आक्कलझुक्कल मात्र आउने गरेको स्थानीयको आरोप छ। यस विषयमा ललितपुर उपमहानगर पालिकाका वातावरण शाखा प्रमुख प्रदिप अमात्यले स्थानीयले नै अव्यवस्थित ढंगबाट फोहोर फालेको र नगरको गाडिले नदेख्ने स्थानमा फोहोर थुपार्ने गरेका उठ्न नसकेको जवाफ दिए।

उपमहानगरपालिकाकै हेलचेक्र्रयाइका कारण बसपार्क र सडक छेउको फोहोर उठ्न सकेको छैन। ललितपुर उपममहानगरपालिकासँग फोहोर उठाउनको लागि १२ वटा भन्दा बढी गाडिहरु छन् तर ती गाडिहरु फोहोर उठाउनको समयमै पुग्दैनन्। ललितपुर जिल्लामा लगनखेल, कुमारीपाटी, सातदेाबाटो, ग्वार्को, वालकुमारी, च्यासल लगायतका स्थानमा सबैभन्दा बढी फोहोर थुप्रिने गरेको छ। बाक्लो सहर र स्थानीयको जथाभावी फोहोर फ्याक्ने प्रवृतिले नगरलाई झन दुर्गन्धित बनाउँदै गएको स्थानीयको भनाई छ। नगर सफाईको लागि ३ सय भन्दा बढी कर्मचारीहरु हुँदा हुँदै पनि नगर फोहोर बन्दै जानु कर्मचारीहरुको गैर जिम्मेवारी भएको एथानीय बताउँछन्।

 

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *