ललितपुरमा स्कुलको पर्खाल भत्किँदा २ विद्यार्थीको मृत्यु, २२ विद्यार्थी घाइते

Posted On    Author    Category सामाजिक.

अविरल वर्षापछि ललितपुरको बाडेगाउँमा रहेको पुष्पाञ्जली स्कुलको पर्खाल भत्किँदा २ जनाको मृत्यु हुनुका साथै करिब दुई दर्जन विद्यार्थी घाइते भएका छन्। मृत्यु हुनेमा वर्ष ९ की कृपा राई र वर्ष १० की अञ्जना पुन मगरको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको हो।

शुक्रबार बिहान स्कुलको छेउमा लगाइएको ढुंगासहितको पर्खाल भत्केर स्कुलको भित्ता भत्केपछि कक्षा २ र कक्षा ८ मा पढ्ने विद्यार्थी घाइते भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले सेतोपाटीलाई जानकारी दिए।

‘जग्गा प्लानिङ गर्नेले ठूलो वाल लगाएको रहेछ। त्यो वाल भत्केर स्कुलको भित्तामा लागेपछि स्कुलको भित्ता पनि भत्कियो’, शर्माले भने ‘दुबै क्लासका २१ जना जति विद्यार्थी घाइते भएका छन्।’

घाइते विद्यार्थी पाटन र बिएण्डबी अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको प्रजिअ शर्माले बताए।
घाईतेमध्ये पाँचजना पाटन अस्पताल र १२ जना विद्यार्थीको बि एन्ड बि अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अविरल वर्षाले विद्यालयसँगै रहेको जग्गा प्लटिङको पर्खाल बगेर आउने क्रममा विद्यालयको टहरा भत्किएर कक्षामा अध्ययनरत विद्यार्थीलाई थिचेको थियो।

Ghaite

Leave a Reply

Your email address will not be published. Required fields are marked *