ललितपुरको महालक्ष्मी स्थानमा आगलागी, तीन घाइते

Posted On    Author    Category सामाजिक.

ललितपुर – ललितपुरको महालक्ष्मीस्थानमा बुधबार विहान आगलागी हुँदा तीन जना घाइते भएका छन् भने १ करोड भन्दा बढी धनमालको क्षति भएको छ ।
घाइते हुनेमा ३५ वर्षीया सुशीला सापकोटा, उनका १२ वर्षीय छोरा सुलभ र १४ वर्षीया छोरी सुदिक्षा रहेका छन् । आगलागी भएपछि छोरा र छोरीलाई लिइ तीन तलाबाट हामफाल्दा सुशिला गम्भिर घाइते हुन पुगेकी छिन् भने छोराछोरी सामान्य घाइते भएका छन् । घाइते तीनैजनाको ललिपुरको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।

महालक्ष्मीस्थानका बल्लभप्रसाद बजगाईको तीन तले घरमा विद्युत सट हुँदा आगो लागेको ललितपुर महानगरीय प्रहरी कार्यालयका डिएसपी ईश्वर कार्कीले बताए ।

उनका अनुसार आगलागीबाट १ करोड ६५ लाख बराबारको धनमाल क्षति भएको छ । काठमाडौँ र ललितपुर महानगरीय प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको छ ।

source nagariknews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *