राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले गर्छ : मीन विश्वकर्मा

Posted On    Author    Category राजनीति.

काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मिन विश्वकर्माले राष्ट्रिय सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा उनले सबैभन्दा ठूलो दलको हैसियतले राष्ट्रिय सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो । सरकार कालोबजारीको संरक्षणमा लागेको आरोप लगाउँदै विश्वकर्माले कांग्रेसले नै अब कालोबजारी अन्त्य गर्ने बताउनुभयो । तराई आन्दोलनमा देखिएका जायज मागको सम्वोधन गर्न कांग्रेस मात्रै सक्षम रहेको भन्दै उहाले अब कांग्रेसकै पहलमा सबैखाले समस्याको समाधान हुने दाबी गर्नुभयो । उहाले १३ औं महाधिवेशन सकिएकाले अब संसदीय दलको नेता चयनको प्रक्रिया थालिने जानकारी दिदै पार्टीमा ६०–४० को भागबन्डा अब अन्त्य भएको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *