राष्ट्रिय आविष्कार केन्द्रले भबिष्यमा गर्न सक्ने कामको एउटा उदाहरण

Posted On    Author    Category शिक्षा, सामाजिक.

दमौलीमा विद्यार्थीहरुले गरेको बिज्ञान तथा प्रबिधि प्रदर्शनीका फोटोहरु र मोटरसाइकलमा लगाउन सकिने अचम्मको हेल्मेट. नेपाल मगर संघ तनहुँको निम्तामा माघे सक्रान्तीको मेला हेर्न दमौली बजार गइयो. त्यहाका बिद्यार्थीहरुले गरेको बिज्ञान तथा प्रबिधि सम्बन्धि बिभिन्न प्रदर्शनीहरु हेर्ने मौका पनि पाइयो. तिनीहरुको प्रयास देखेर खुसी लाग्यो. सोही अबसरमा बिकल्प ढुंगाना भाईले बनाएको सोलार स्कुटर र एक बिशेष किसिमको हेल्मेट पनि हेरियो. उनले बनाएको सोलार स्कुटरमा 250W को DC मोटर राखेको छ र ब्याट्री चार्ज गर्न सोलार प्यानल राखेको छ. हाल सो स्कुटर १० किलोमीटर सम्म चल्छ.
बिकल्पले बजारमा पाइने हेल्मेटलाई नै बिकसित गरेका हुन्. हेल्मेटको दुईओटा अचम्मको बिशेषताहरु रहेछ. पहिलो बिशेषता भनेको यदि चालकले हेल्मेट लगाएन भने मोटरसाइकल स्टार्ट नै नहुने रहेछ. दोश्रो, चालकले यदि रक्सी वा बियर खाएर सो हेल्मेट लगाई मोटरसाईकल चलाउन खोज्यो भने पनि मोटरसाइकल स्टार्ट नहुने रहेछ. त्यसको लागी मोटरसाइकल र हेल्मेटमा बिभिन्न किसिमका सेन्सरहरु राखेर माइक्रो कन्ट्रोलरमा प्रोग्रामीङ गरेको रहेछ. भाईको भनाई अनुसार यो प्रबिधिको बिकास गरेर प्रयोग गर्यो भने नेपालमा हुने अत्यधिक मोटरसाइकल दुर्घटनाहरु निकै कम गर्न सकिन्छ. कुरा एकदम सहि हो.
यस्तै प्रतिभा र जाँगर भएका नेपाली सन्ततिहरुको आइडियाहरुलाई सके सम्मको सहयोग गर्नको लागी नै राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरिएको हो.

 

15966161_10154752098490479_963501725624089184_n

 

15940772_10154752152535479_8632305293306015165_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *