राजेश हमाल ट्राफिक प्रहरीको फन्दामा !

Posted On    Author    Category सामाजिक.

काठमाडौं । काठमाडौं उपत्यकामा अहिले ट्राफिक नियम निकै कडा पारिएको छ । सोमवार एक दिनमै करिब ७ सय चालकहरु कारवाहीमा परेको खबर मंगलवार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुमा छापिएको छ ।
विशेषगरि पछिल्लो समय ट्राफिक प्रहरी कार्यालयले लेन अनुशासनको नियमलाई निकै सख्त पारिएको छ । अहिले मापसेपछि लेन अनुशासनमा कारवाही भाग्ने चालकहरु धेरै हुने गरेको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
तर ट्राफिक कारवाहीमा पनि व्यक्ति विशेषको आधारमा भेदभाव हुने गरेको पछिल्लो एक प्रकरणले पुष्टि गरेको छ । ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाएका नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई एक ट्राफिक जवानले विना कारवाही छोडिदिएको भिडियो सार्वजनिक भएपछि ट्राफिकले गर्ने भेदभाव खुलेको हो ।
न्यूज फिल्मीले खिचेको भिडियोमा लेन नाघेर गाडी चलाएपछि ट्राफिक प्रहरीले अनुशासनका लागि चालकसँग लाइसेन्स मागेको देखाइएको छ । हातमा लाइसेन्स लिएर राजेश हमाल र अर्का गायक राजेशपायल राई मीठो मुस्कान सहित बाहिर निस्किएपछि ती ट्राफिक जवान अक्कमक्क पर्छन् । उनले राजेशलाई सेलिब्रेटी भएकै आधारमा छुट दिन्छन् ।
राजेशले पटक पटक लाइसेन्स लिनुहुन्छ भने लिनुस् भनिरहे पनि ट्राफिकले लिदैनन् । तर अब लेन अनुशासनको पनि ख्याल गर्न राजेशलाई सम्झाउँछन् ।

source himalayankangaroo

Leave a Reply

Your email address will not be published. Required fields are marked *