राजधानीको बौद्धमा गोली चल्यो, ५ प्रहरी घाइते

Posted On    Author    Category राष्ट्रीय समाचार, सामाजिक.

काठमाडौं– काठमाडौंको बौद्ध नयाँबस्तीस्थित प्रहरी बिटमा एक समुहले तोडफोड गरेको छ । सो समुहले प्रहरी बिटमा प्रवेश गरी त्यहाँ पार्किङ गरेर राखिएका ४ ओटा मोटरसाइकल जलाइदिएका छन् । यस्तै उनीहरुले बिटभित्र रहेका टिभीका साथै भाँडाकुँडा समेत सडकमा ल्याएर जलाइदिएका छन् ।

3०–४० जनाको समुहका उनीहरुले एकाएक बिटभित्र प्रवेश गरि अराजक गतिविधि गर्न थालेपछि प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ ।

सो क्रममा दुई पक्षीय झडप समेत भएको र असई सञ्जिव नापितसहित ५ प्रहरी घाइते भएका छन् । बिटमा सई विद्याधर चौधरीको कमाण्डमा प्रहरीहरु कार्यरत थिए ।

प्रहरीका अनुसार शनिबार राती नयाँबस्तीकै एक रेष्टुरेन्टमा भएको दुई पक्षीय झडपका क्रममा दोलखा चरिकोटका राजकुमार लामाको मृत्यु भएको थियो । झडपमा ट्याक्सी चालक लामा गम्भीर घाइते भएको र उनको नेपाल मेडिकल कजेल उपचारको क्रममा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *