युवा क्षमता विकास कार्यक्रमसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम २०७४ मा सहभागिताको लागि आह्वान

Posted On    Author    Category शिक्षा.

ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका १४ वटा वडाहरु मध्ये १२ नं वडा अर्थात साविक ठेचो गाविस सबै भन्दा ठूलो वडा हो । हरेक दृष्टिकोणबाट शहरीकरण भैरहेको यस वडामा उच्च शिक्षा हासिल गर्नेहरुको संख्या पनि बढ्दै गैरहेका छन् । जुन गतिमा उच्च शिक्षा हासिल गर्नेहरुको संख्या बढ्दै गएका छन् त्यो अनुपातमा शैक्षिक योग्यतानुसार रोजगार पाउन सकेका छैनन् । आप्mनो शैक्षिक योग्यता अनुसार रोजगार नपाएकै कारणले गर्दा कम पारिश्रमिकमा सानातिना कामहरु गरेर आप्mनो जीवन निर्वाह गर्न बाध्य भएका छन् । जसले गर्दा उच्च शिक्षा प्रति नै अविभावक तथा विद्यार्थीहरुमा नैरास्यता बढ्दै गैराखेका छन् । यो अवस्था कायमै रहेका खण्डमा ठेचो लगायत देशकै लागि पनि राम्रो कुरा होईन ।
उच्च शिक्षा हासिल गर्नेहरुले समयमै उचित रोजगार नपाउनाका कारणहरु मध्ये एक त नेपालको शिक्षा नीति नै व्यवहारिक र रोजगारी मूलक छैन भने अर्को तिर देश तथा अन्तराष्ट्रिय स्तरमा उपदब्ध मौका र अवसरको पहिचान गरी लाग्न नसक्नु पनि हो । जव सम्म देश तथा विदेशमा उपलब्ध मौका र अवसरको पहिचान गरी लाग्न सक्दैन तव सम्म यो शिक्षित वेराजगार कायमै रहन्छ । त्यसैले उच्च शिक्षा हासिल गर्नेहरुले रोजगारको लागि पाठ्रयपुस्तकको ज्ञानमा मात्र आपूmलाई सिमित नराखी देश विदेशको परिस्थिति अनुसार आपूmलाई पनि बदल्न र सो अनुसारको ज्ञान सीप हासिल गर्नु अति आवश्यक देखिन्छ ।
उच्च शिक्षा हासिल गर्नेहरुका लागि देश तथा विदेशमा सजिलै उपलब्ध हुने रोजगारहरु मध्ये राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैर सरकारी संस्थाहरुको काम पनि एक हो । यो क्षेत्र जति व्यापक र बृहद बन्दै गैराखेका छन्, त्यो अनुपातमा यसकोबारेमा उच्च शिक्षा हासिल गर्ने बहुसंख्यक व्यक्तिहरु अनभिज्ञ छन् । जसले गर्दा एकातिर गाउंका शिक्षित बर्ग आपूmमा शैक्षिक योग्यता भएर पनि योग्यता अनुसारको काम नपाएर भौंतारिरहेका छन् भने अर्को तिर शहरका सिमित व्यक्तिहरुले यसलाई आफ्नो पेवाकै रुपमा उपयोग गरीरहेका छन् । त्यसैले आजको गाउंका उच्च हिक्षा हासिल गरेका युवाहरुले योग्यतानुसार रोजगारको लागि यतातिर पनि ध्यान दिनु पर्ने देखिन्छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थामा काम गर्नका लागि विश्वविद्यालयको प्रमाण पत्रले मात्र पुग्दैन । यो क्षेत्रमा लाग्नको लागि ती संस्थाहरुको काम गर्ने तौर तरिकाहरुकोबारेमा थाहा पाउनु पर्दछ । त्यसैले गोदावरी नगरपालिका वडा नं १२ अर्थात साविक ठेचो गाविसका उच्च शिक्षा हासिल गर्ने युवाहरुलाई ती संस्थाहरुको काम गर्ने तौर तरिका र यसको लागि आवश्यक न्यूनतम ज्ञान सीपकोबारेमा जानकारी दिनुको साथै योग्यता अनुसार उच्च शिक्षा हासिल गर्नेहरुलाई रोजगारको अवसर प्राप्त गर्नका लागि सहयोग गर्ने उद्देश्यले सोसाईटि फर पार्टिसिपेटरी कल्चरल एजुकेशन (स्पेस) ले पहिलो चरणमा युवा क्षमता विकास कार्यक्रमकाबारेमा अभिमुखीकरण कार्यक्रम राखिएको हो । सहभागीहरुको रुचि र आवश्यकता अनुसार युवाहरुको क्षमता विकासका लागि भविष्यमा सम्बन्धित स्थानीय तह, संघसंस्था तथा कार्यालयहरुसंग समन्वय, सहकार्यर र साझेदारीमा निम्न विषयका तालिमहरु संचालन गर्दै जाने कुरा विनम्र जानकारी गराउन चाहन्छु ।

 

संचालन गर्न सकिने सम्भावित तालिमहरु:
१. नेतृत्व विकास तालिम
२. सामुदायिक विकास तालिम
३. संस्थागत विकास तालिम
४. प्रशिक्षक प्रशिक्षण ९त्यत्०
५. न्भलमबच
६. लैंगिक समानता तथा सामाजिक समाबेशीकरण (GESI) तालिम
७. सहभागितात्मक सिकाई पद्धति तालिम
८.सहभागितात्मक ग्रामिण लेखाजोखा तालिम Participatory Rural Appraisal (PRA)
९. REFLECT चक्र संचालन तालिम
१०. सामुदायिक कार्ययोजना निर्माण तालिम
११. सामाजिक परिचालन तालिम
१२. गाउंपालिका तथा नगरपालिका पास्र्व चित्र (Community, Village and Municipality Profile) तयार गर्ने तालिम
१३. प्रस्ताव पत्र लेखन तालिम
१४. प्रतिबेदन लेखन तालिम
१५. माग र आवश्यकतानुसार अन्य तालिमहरु

२. अभिमुखीकरण कार्यक्रममा छलफल हुने विषयहरु:
१. स्पेस संस्थाको छोटो परिचय
२. युवा क्षमता विकास कार्यक्रमको औचित्य
३. युवा क्षमता विकास कार्यक्रमका उद्देश्यहरु
४. युवा क्षमता विकास कार्यक्रममा गर्न सकिने सम्भावित तालिमहरु
५. युवा क्षमता विकास कार्यक्रमको बारे युवाहरुको विचार तथा पृष्ठपोषण संकलन
६. युवा क्षमता विकास कार्यक्रमको लागि तत्काल गर्न सकिने कार्यहरु
७. युवा क्षमता विकास कार्यक्रम संचालनमा सम्बन्धित संस्था, वडा तथा व्यक्तिहरुको भूमिका
८. सहभागीहरुको अपेक्षानुसार अन्य विषयहरु

३. अभिमुखीकरण कार्यक्रमका सहभागीहरुको छनौट प्रक्रिया:
सोसाइटि फर पार्टिसिपेटरी कल्चरल एजुकेशन (स्पेस) ले स्थानीय युवा समूह, संस्था तथा अन्य नागरिक समाजका अगुवाहरुको सहयोगमा निम्नानुसारका योग्यता भएका व्यक्तिहरुको छनौटको लागि सार्वजनिक सूचना प्रकाशन गरी पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा बढीमा ५० जना छनौट गरिनेछ ।
१. कम्तिमा १२ कक्षा पास भएको
२. राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थालाई भविष्यमा कार्य क्षेत्र बनाउन चाहने
३. क्षमता विकास गरी हाल आपूmले गर्दै आएका कार्यहरुलाई थप प्रभावकारी बनाउन चाहने
४. गोदावरी नगरपालिका वडा नं १२ मा स्थायी बसोबास गरेको हुनु पर्ने

४. आवश्यक खर्चको व्यवस्था:
यो युवा क्षमता विकास कार्यक्रम सोसाईटि फर पार्टिसिपेटरी कल्चरल एजुकेशन (स्पेस) ले कुनै पनि बाह्य संघ संस्था तथा निकायहरुको सहयोग विना नै आपूmसंग भएको सिमित श्रोतसाधनको प्रयोग गरी संचालन गर्न लागेको कार्यक्रम हो । त्यसैले यसको लागि आवश्यक न्यूनतम खर्चको व्यबस्थापनका लागि पनि स्पेस र अभिमुखिकरण कार्यक्रमका सहभागीहरु मिली गर्नु पर्ने हुन्छ । यस एक दिने अभिमुखीकरण कार्यक्रमका लागि प्राविधिक सहयोग लगायत शैक्षिक सामग्री स्पेसले व्यहोर्ने र सामान्य चिया नास्ता खर्चका लागि अभिमुखीकरण कार्यक्रमका सहभागीहरुबाट उठाउने गरी मिलाइएको छ । जसको लागि प्रति सहभागी १००। रुपैंयाका दरले नाम दर्ता गर्ने बेलामा नै सहभागीहरुले बुझाउनु पर्नेछ ।

५.कार्यक्रम संचालन मिति ः २०७४।९।१५

६.कार्यक्रम संचालन समय ः ११ः००–२ः००

७. अभिमुखीकरण कार्यक्रम स्थानः
डिजि पार्टिपालेश, ठेचो

८. नाम दर्ता गर्ने अन्तिम मिति ः
२०७४ साल पुष महिनाको १२ गते, सांझ ५ः०० बजे सम्म

९. फारम उपलब्ध हुने स्थान तथा सम्पर्क व्यक्ति
१. ल्भहत न्भल, ठेचो वडा कार्यालय
(धर्मेन्द्र महर्जन. फोन नं ९८५१००९८२३)
२. अनिता कस्मेटिक पसल, धापाखेलचोक
(अनिता राई. फोन नंः ९८४१५४६५९३)
३. नेवा इंगलिश स्कूल, होचल टोल, ठेचो
(नविन महर्जन. फोन नं ९८४१४५७४६३)
४. महिला जागरण सहकारी, भ्mयालपाटी
(रमिता महर्जन. फोन नं ९८४१६१४०३५)

१०. फारम बुझाउने स्थान र सम्पर्क व्यक्ति
नामः अनिता राई (स्पेस संस्थाको सचिव)
स्थानः अनिता कस्मेटिक पसल, धापाखेल
चोक, ठेचो (पूर्ण स्टोरको अगाडि)
सम्पर्क फोन नंः ९८४१५४६५९३

११. कार्यक्रमसम्बन्धी थप जानकारीको लागि
राम डंगोल (स्पेस संस्थाको अध्यक्ष)
फोन नं ९८५१००६०२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *