म्यानेजर र प्रशिक्षकले छाडेपछि पदक विजेता खेलाडीको बिचल्ली

Posted On    Author    Category खेल.

झापा-भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेर फर्केका ९ जना उसुका खेलाडी झापामा बेखर्ची भएर अलपत्र परेका छन्। खेलाडी लिएर खेलमा सहभागि हुन गएका उसुका टिम म्यानेजर र प्रशिक्षकहरू पदक विजेता खेलाडीहरूलाई अलपत्रै छाडेर जहाजमा काठमाडाैं हिडेका खेलाडीले बताए।

अलपत्र मध्येका केही खेलाडी सिकिस्त बिरामी छन्। बिरामी भएका खेलाडी बिर्तामोडस्थित बिएनसि अस्पताल भर्ना भएका छन्।
टिम म्यानेजर र प्रशिक्षकहरूले खेलाडीलाई बिहीबार राती काँकडभिट्टामा अलपत्रै छाडेर इटहरी पुगेका र शुक्रबार जहाजमा राजधानीतर्फ लागेका खेलाडीले बताए।

उसुका टिम म्यानेजर नानी बाबु तामाङ, प्रशिक्षकहरू सुमन भट्ट, प्रकाश महर्जन, अरूण दत्त र रतन खातीले अफूहरूलाई बीचमै अलपत्र छाडेर हिडेका रजत पदक विजेता विश्व बुढा मगरले बताए।

‘हामीसँग पैशा पनि छैन, कहाँ बस्ने के खाने अलपत्र पर्याैं,’ मगरले नागरिकन्युजसँग भने ‘भारतमा हुँदा पनि निकै वेवास्ता गरे, नेपाल भित्रिएपछि छाडेरै हिडे।’ उनले भारतमा राम्रो खानपान र अाराम नमिल्दा खेलाडीहरू बिरामी परेका र उपचारमा कुनै चासो नदिएको दुखेसो पोखे।

वान्ता हुने, घाँटी दुख्ने र थकानका कारण खेलाडीहरू अस्पताल भर्ना भएका छन्।
टिम म्यानेजर र प्रशिक्षकहरू खेलाडीको वेवास्ता गरेर घुमघाम र किनमेलमा व्यस्त हुनेगरेका खेलाडीहरूको अारोप छ।
साग खेलमा सबैभन्दा बढी पदक ल्याउने उसुकै खेलाडी छन्। उसुमा सहभागी १६ खेलाडी मध्ये १२ जनाले पदक जितेका छन्।

Source Nagarik News

Leave a Reply

Your email address will not be published. Required fields are marked *