मुखर्जीको विरोधः कालो झण्डाको साटो ‘लम्पसारवाद’ ट्रेन्डिङ !

Posted On    Author    Category राष्ट्रीय समाचार.

१६ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा राजधानीमा सवारी आवागमन प्रभावित पारिनुका साथै पैदलयात्रुलाई समेत रोक लगाइएको विरोधमा तीव्र असन्तुष्टि प्रकट भएको छ । तर, यो विरोध विसं. २००७ सालको जस्तो कालोझण्डामा प्रकट नभई फेसबुक र टि्वटरमार्फत् प्रस्फुटित भइरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फेसबुक र ट्विटरमा #लम्पसारवाद, #IndianPresidentNotWelcome, #PranabDaSaySorry जस्ता ह्यासट्याग चलाएर सरकारले छिमेकी राष्ट्रप्रमुखको स्वागत गर्ने नाममा नागरिकलाई सास्ती दिएकोमा चर्को विरोध गरेका छन् ।

सरकारले मुखर्जीको सम्मानमा फौजी शैलीमा उपत्यका बन्द गरेको टिप्पणी गर्दै लेखक खगेन्द्र संग्रौलाले लेखेका छन्, ‘आज सरकारी उपत्यका बन्द, त्यो पनि फौजी शैलीमा ! नागरिकलाई गृहनजरबन्द ! दिनभरि तानाशाहीबारे पाब्लो नेरूदाका कविता पढ्छु । अवसरका लागि धन्य सर्कार !’

मुखर्जीको विरोधः कालो झण्डाको साटो ‘लम्पसारवाद’ ट्रेन्डिङ !
खगेन्द्र संग्रौला ट्विट गर्छन्-नागरिकलाई गृहनजरबन्द, धन्य सर्कार !
अनलाइनखबर
10
प्रतिक्रिया

pranab-mukherjee-nepal-visit

१६ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा राजधानीमा सवारी आवागमन प्रभावित पारिनुका साथै पैदलयात्रुलाई समेत रोक लगाइएको विरोधमा तीव्र असन्तुष्टि प्रकट भएको छ । तर, यो विरोध विसं. २००७ सालको जस्तो कालोझण्डामा प्रकट नभई फेसबुक र टि्वटरमार्फत् प्रस्फुटित भइरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फेसबुक र ट्विटरमा #लम्पसारवाद, #IndianPresidentNotWelcome, #PranabDaSaySorry जस्ता ह्यासट्याग चलाएर सरकारले छिमेकी राष्ट्रप्रमुखको स्वागत गर्ने नाममा नागरिकलाई सास्ती दिएकोमा चर्को विरोध गरेका छन् ।

सरकारले मुखर्जीको सम्मानमा फौजी शैलीमा उपत्यका बन्द गरेको टिप्पणी गर्दै लेखक खगेन्द्र संग्रौलाले लेखेका छन्, ‘आज सरकारी उपत्यका बन्द, त्यो पनि फौजी शैलीमा ! नागरिकलाई गृहनजरबन्द ! दिनभरि तानाशाहीबारे पाब्लो नेरूदाका कविता पढ्छु । अवसरका लागि धन्य सर्कार !’

Follow
Khagendra Sangroula @belakoboli
अाज सरकारी उपत्यका बन्द,त्याे पनि फाैजी शैलीमा!नागरिकलाई गृहनजरबन्द!दिनभरि तानाशाहीबारे पाब्लाे नेरूदाका कविता पढ्छु।अवसरकालागि धन्य सर्कार!
8:25 AM – 2 Nov 2016 · Nepal, Nepal
82 82 Retweets 221 221 likes
मुखर्जी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु अगाडिदेखि नै सुरु भएको विरोधको अभिव्यक्ति उनी काठमाडौं आइसकेपछि अझ उर्लिएको छ सोसियल मिडियामा ।

डा. सुधांशु केसीले व्यङ्ग्यात्मक शैलीमा सरकारलाई स्याबासी दिएका छन्, ‘अघोषित नाकाबन्दीको उपहार दिने नाइकेलाई अघोषित काठमाडौं बन्दको उपहार ! क्याबात नेपाल सरकार !!’

डा. केसीले नै अर्को ट्विटमा लेखेका छन्, ‘आउन पाएको छैन, मलाई त अतिथि तुम कब जाओगे भन्न मन लागिसक्यो ! तपाईँलाई नि ?’
यस्तै, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले सामाजिक सञ्जालको शक्तिलाई इंगित गर्दै लेखेका छन्, ‘सामाजिक सञ्जालमा प्रकट जनअभिव्यक्तिलाई नजरअन्दाज नगरियोस् । यस्तो सहज अवसरले हरेकले मनको तीतो प्रकट गरेका छन् । नत्र सडकमै विरोध हुन सक्थ्यो ।’

आज सार्वजनिक बिदा दिनुका साथै सडक ठप्प पारिएकोमा गरिमा राणाले तीतो पोखेकी छिन्, ‘भारतले त्योबेला अघोषित नाकाबन्दी गर्‍यो, अहिले सरकारले सार्वजनिक बिदाको नाउँमा अघोषित कर्फ्यु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *