माघ २ देखि काठमाडौंका भित्री सडकमा चारपाङ्ग्रे सवारी निषेध

Posted On    Author    Category सामाजिक.

काठमाडौं । अब काठमाडौं शहरका भित्री सडकमा चारपाङ्ग्रे सवारी साधन गुड्न नपाउने भएका छन् । काठमाडौं महानगरपालिका र महानगरिय ट्राफिक प्रहरी महाशाखाले महानगरका ७ वटा वडाका भित्री सडकमा माघ २ गतेदेखि चारपपाङ्ग्रे सवारी साधन प्रवेश निषेध गर्ने भएको हो ।

काठमाडौंको ऐतिहासिक, सांस्कृतिक एवं पुरात्विक सम्पदाको संरक्षणका लागि विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म भित्री सडकमा चारपाङ्ग्रे सवारी साधन गुड्न रोक लगाईएको महानगरपालिकाका कार्यकारी प्रमुख धनीराम शर्माले बताए ।

‘महानगरपालिकाको १७, १८, १९, २२, २४, २५ र २७ नम्बर वडामा भित्री क्षेत्रका शहर भएको हुन्, सो क्षेत्रभित्र रहेका सम्पदालाई बचाउनका लागि चारपाङ्ग्रे सवारी निधेष आवश्यक छ,’ शर्माले भने ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक प्रहरी निरिक्षक विदूरकुमार थापाले चारपाङ्ग्रे सवारी साधनका कारण भित्री सडकका पैदल यात्रुहरुले कष्ट पूर्वक यात्रा गर्नु परेकाले सो क्षेत्रमा चारपाङ्ग्रे सवारी साधान निषेध गर्न लागिएको बताए ।सो क्षेत्रमा आकास्मिक सेवाका सवारी साधन र मोटरसाइकललाई गुड्न रोक नलगाइएको उनले प्रष्ट पारे । यदि माघ २ गतेदेखि निषेधीत क्षेत्रमा चारपाङ्ग्रे सवारी साधन गुडाइएमा कानून बमोजिम कारबाही गरिने पनि उनी बताउँछन् ।

चारपाङ्ग्रे सवारी साधन निषेधित क्षेत्र

भोटाहीटीबाट असन चोकसम्म चारपाङ्ग्रे सवारी साधनलाई एकतर्फी निधेषित क्षेत्र बनाईएको छ । यस्तै, नरदेविबाट भेडासिङ्ग हुँदै इन्द्रचोकसम्म तथा टेंङ्गलबाट बांङ्गेमुढा हँदै भेडासिङ्ग, इन्च्रचोकसम्मे र क्षेत्रपाटीबाट ठहिटीहँदै नघःल बांङ्गेमुढा भेडासिङ्ग हँदै इन्च्रचोकसम्म एकतर्फि जान पाउने व्यवसा मिलाइएको छ ।

साथै, इन्द्रचोकबाट असन, इन्च्रचोकबाट भेडासिंङ्ग, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वंटुसम्म चारपाङ्ग्रे सवारी साधानलाई पूर्ण रुपमा निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *