महाराजगञ्जमा एमडी अध्ययनरत २ जना चिकित्सकको मृत्यु

Posted On    Author    Category Uncategorized, सामाजिक.

काठमाडौं- चिकित्सा शास्त्र अध्यान संस्थान (आइओएम) महाराजगञ्जमा एमडी अध्ययनरत २ जना चिकित्सकको गाडीको ठक्करबाट मृत्यु भएको छ। प्रहरीका अनुसार प्युठानका २६ बर्षीय डा. सन्दिब सुवेदी र भारत बिहारका डा. सोनी आनन्दको मृत्यु भएको हो। दुवैजना एमडी पहिलो बर्षमा अध्यानरत थिए।

कान्ति बाल अस्पताल र शिक्षण अस्पतालको बीचबाट बसुन्धारा निस्कने सडकमा उनीहरुलाई दिउँसो ४:३० बजे थापागाउँमा रहेको सिंहझारे विद्या संस्कार स्कुलको बा १ प ४३ नम्वरको बसले ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी राजेन्द्र भट्टले जानकारी दिए। दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। दुर्घटनामा सोहि बसमा सवार ८ बर्षीया विद्यार्थी अस्मिता ज्ञवाली सामान्य घाइते भएकी छन्। ब्रेकफेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। बसका चालकलाई महाराजगञ्ज प्रहरी बृत्तले नियन्त्रणमा लिएको छ।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *