महामन्त्रीमा मैले उम्मेदवारी घोषणा गरे, देउवाको भोली हुन्छः नेता केसी

Posted On    Author    Category राजनीति.

काठमाडौं: नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले बरिष्ठ नेता शेरबहादुर देउवा प्यानलबाट महामन्त्री पदको उम्मदेवारी घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उहाले आफू प्रतिष्पर्घामा उत्रिसकेकोले जो विपक्षमा उमेदवार भएपनि अब पछि नहड्ने स्पष्ट पार्नुभयो । केसीले नेपाली काग्रेसमा ब्याप्त विरासतको राजनीति, सिण्डिकेट, विधिहिनता र सानो झुण्डको हालिमुहाली तोड्न आफू बरिष्ठ नेता शेरबहादुर देउवाको प्यानलमा आएको दावी गर्दै संस्थापन पक्षको नाममा सानो गिरोहले सिंगो पार्टी कब्जा गर्न खोजेको आरोप  लगाउनुभयो । उहाले आफू पार्टीलाई नेतामुखी, नातामुखी र दातामुखी भन्दा नीति मुखी बनाउनु पर्ने अभियानसहित अगाडि बढेको बताउँदै १८ वर्ष केन्द्रीय समितिमा सस्थापन पक्षबाट रहँदा समेत आफ्नो उचित मुल्याङकन नभएको गुनासो गर्नुभयो । उहाले आफू अझै पनि सहमतिमै नेतृत्व चयन हुनु पर्ने पक्षमा रहेको स्पष्ट पार्दै दुई मध्ये एक नेता सभापति र अर्को नेता संसदीय दलको नेता बनेर बाँकी पदमा प्रतिष्पर्घा गर्नु पर्ने धारणा राख्नुभयो । केसीले पार्टीभित्रको सिण्डिकेट तोड्न, विधिविहीनतामा पार्टी चलाउने सस्कारको अन्त्य गर्न र झुण्डबाट नीति र सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गराउने पद्धतिको विकास गर्न आफ्नो उम्मेदवारी भएको समेत दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *