महानगरमा सात हजार सौर्य सडक बत्ती जोडिने

Posted On    Author    Category सामाजिक.

९५ करोड रूपैयाँको लगानीमा काठमाडौँ महानगरपालिकाका विभिन्न सडकमा सात हजार ६५३ ‘सौर्य सडक बत्ती’ जडान गरिने भएको छ ।
भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीका अनुसार बत्ती जडानका लागि करिब २०० निवेदन आएका छन् । कामपाका सडकलाई उज्यालो पार्न समुदायमा आधारित सौर्य सडक बत्ती जडान गर्न लागिएको हो ।
आएका सबै निवेदन महानगरपालिकाले मन्त्रालयमा पठाइसकेको र केही समयमा नै काम सुरु हुने रेग्मीले बताए ।
सुरुको समयमा बत्ती जडानका लागि निवेदन नआएपनि पछिल्लो समय बत्ती जडान गर्नका लागि उल्लेख्य मात्रामा निवेदन आएकोे महानगरको भनाइ रहेको छ । चैत महिनाको पहिलो सातामै म्याद सकिएको भए पनि निवेदन आउने क्रम जारी रहेको छ ।
आएका निवेदनमध्ये सबैभन्दा बढी वडा नं ६ को छ । सौर्य बत्ती जडान गर्न उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्नुपर्छ ।
प्रमुख रेग्मीका अनुसार खम्बासहित एउटा सौर्य बत्ती जडान गर्न रु एक लाखसम्म लाग्छ । अठारौं दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनका समयमा नारायणगोपालचोक, बानेश्वर, कोटेश्वर, सिंहदरबार, माइतीघर, थापाथली र पुरानो बसपार्कलगायत स्थानमा सौर्य सडक बत्ती जडान गरिएको थियो ।

source onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *