मध्यमाञ्‍चल तेक्‍वान्‍दो छनोट प्रतियोगितामा ललितपुर प्रथम

Posted On    Author    Category खेल.

पुस ३०, २०७४ काठमाडौंः हेटौँडामा सम्पन्न राष्ट्रिय खेकुद परिषद् राखेप च्याम्पिनसिप मध्यामाञ्चल क्षेत्रीय छनोट प्रतियोगितामा ललितपुर जिल्ला तेक्वान्दो टिम प्रथम भएको छ। राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरको आयोजनामा भएको खेलमा ललितपुर जिल्ला प्रथम भएको हो। ललितपुरले ५ स्वर्ण ६ रजत र ७ कांस्य हात पार्दै प्रथम भएको राष्ट्रिय तेक्वान्दो संघ ललितपुरका सचिव बिमलकुमार अछामीले बताए। आयोजक मकवानपुरले ४ स्वर्ण २ रजत र ४ कांस्यसहित दोस्रो भयो भने, ४ स्वर्ण २ रजत १ कांस्य जित्दै काठमाडौं तेस्रो भयो। प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडी ललितपुरकै ५८ तौल समूहका जीवन लामा घोषित भए भने महिलातर्फ चितवनका प्रेणा भुजेल भए। विजेता खेलाडीले धनकुटामा हुने राखेप राष्ट्रिय च्याम्पियनसीप प्रतियोगितामा सहभागी हुन पाउने आयोजकको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *