मकाउलाई हराउँदै नेपाललाई सोलिडारिटी कपको उपाधि

Posted On    Author    Category खेल.

नेपालले एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको सोलिडारिटी कपको उपाधि जितेर इतिहास रचेको छ। सन् १९५४ मा एएफसीको सदस्यता लिएपछि उसले आयोजना गरेको कुनै आधिकारिक प्रतियोगिता नजितेको नेपालले ६४ वर्षपछि यो उपलब्धीलाई चुमेको छ।
मंगलबार भर्खरै सम्पन्न खेलमा नेपालले २० वर्षदेखिको आफ्नो प्रतिद्धन्द्धी मकाउलाई १–० ले पराजित गरेको छ। मलेसियाको कोचिङस्थित सरावक रंगशालामा खेल सुरु हुनुअघि ठूलो पानी परेको थियो।

पानीले ओसिलो भएको मैदानमा कुनै पनि समय मकाउले पुनरागमन गर्न सकेन्। नेपालका लागि २९ मिनेटमा मिडफिल्डर सुजल श्रेष्ठले गोलको अग्रता दिलाए। जुन पछि निर्णायक गोल बन्न पुग्यो।
उनलाई स्ट्राइकर भरत खवासले डिबक्सबाट क्रस पास दिएका थिए। सुजलले हेडिङमार्फत गोल गरेपछि नेपालले पहिलो हाफमै १–० गोलको अग्रता लिएको थियो।

दोस्रो हाफमा मकाउ झन सिथिल बनेपछि नेपाली खेलाडीले एकहोरो विपक्षी गोल पोस्टमा प्रहार गरेको थियो। फाइनलमा नेपाली खेलाडीले पोजिसनमा बसेर खेले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *