भोटेकोसी नदी थुनिएपछि

Posted On    Author    Category Uncategorized, सामाजिक.

सिन्धुपाल्चोक- गए राती सीमा नाका तातोपानीमा भोटेकोसी नदी थुनिएपछि त्यस क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ। तर त्यस क्षेत्र सडक र सञ्चार सम्वन्ध विच्छेद भएकाले क्षतिको विवरण आउन सकेको छैन।

भारी बर्षासँगै चिनियाँ क्षेत्रबाट पहिरो खसेपछि केहिबेर भोटेकोसी थुनिएको थियो। थुनिएको नदी फुटेपछि तल्लो तटिय क्षेत्रमा व्यापक क्षति पुर्याएको हो। ‘ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको छ’, सिन्धुपाल्चोकका एसपी रविन्द्र केसीले भने, ‘नदीले ठाउँ ठाउँमा सडकनै बगाएपछि बाह्राविसे माथि तिर जान सक्ने अवस्था छैन।’ उनका अनुसार तातोपानी बसपार्क देखि ४ किलोमिटर तल १० किलो सम्म १८ वटा घर क्षतिग्रस्त भएका छन्। केही खेलाले बगाएका छन्।

झिर्पु स्थित भोटेकोसी जलविद्युत आयोजना क्षतिग्रस्त छ। आयोजनाको उत्पादन गृह डुवानमा छ। १० किलो स्थित आयोजनाको बाँध माथिबाट अहिले भोटेकोसी बगिरहेको छ। ततोपानि देखि लिपिङ सम्मको सडक धस्सिएको छ। स्थानीय वासिन्दाका अनुसार चर्चित तातोपानी धारानै भोटेकोसीले बगाएको छ। त्यहाँको मानसरोवर वोर्डिङ स्कुलमा पनि क्षति पुगेको जानकारी स्थानीयले दिए। मानविय क्षतिको सम्वन्धमा कुनै जानकारी आउन नसकेको एसपी केसीले बताए।

पहिरो खसेसँगै नदी थुनिएपछि सुरक्षति स्थान खोज्दै स्थानीयको भागाभाग चलेको थियो। नेपाल प्रहरी र चिनियाँ प्रहरीले स्थानीयलाई भगाएका थिए। सीमा प्रहरी चौकीनै बगाएपछि प्रहरी टोलीनै आपतमा परेको छ। अस्वभाविकरुपमा भोटेकोसी सतह बढ्दा त्यसको असर झण्डै २५ किलोमिटर तल बाह्रविसे सम्म देखिएको छ। त्यस क्षेत्रका नदी किनारका केही उद्योग बगाएको बाह्रविसे प्रहरी कार्यालयका इनिस्पेक्टर राजु पाण्डेले बताए। बाढी आएपछि बाह्रविसे प्रहरीले रातभर माइकिङ गरेर स्थानीयलाई सुरक्षित स्थानमा जान भनेको थियो।

 

Damage at outlet portal of Diversion Tunnel of MBKHEP Powerhouse Batching Plant area Damage inside Chienese Contractor's Main Camp

source nagariknews

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *