भूकम्पले भत्किएको काष्ठमण्डपको पुनर्निर्माण जनताले नै गर्ने

Posted On    Author    Category सामाजिक.

काठमाडौं । बसन्तपुरमा रहेका काष्ठमण्डप मन्दिर पुनर्निर्माण गर्न ४ पक्षीय समझदारी भएको छ । शुक्रबार काष्ठमण्डपको पुनर्निर्माणबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानबीच समझदारी भएको हो ।
समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव यमलाल भुषाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत इश्वरराज पौडेल र काष्ठमण्डप पुनर्निर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले हस्ताक्षर गरे ।
हस्ताक्षर कार्यक्रममा उपस्थित उद्योगमन्त्री तथा काष्ठमण्डप रहेको निर्वाचन क्षेत्रका सांसद नवीन्द्रराज जोशीले काष्ठमण्डपका लागि टिम्बर कर्पोरेसनबाट सबैभन्दा राम्रो काठ आपूर्ति गर्न मन्त्रीपरिषद्मै निर्णय भइसकेको जानकारी दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले सार्वजनिक तथा निजी साझेदारी अवधारणा अन्र्तगत पुनर्निर्माण हुन लागेकाले भविष्यमा अन्य ठाँउमा पनि यस्तै गर्न सके पुनर्निर्माणले तिव्रता पाउने बताए ।
उनले काष्ठमण्डप नेपालकै मौलिकता र इतिहास झल्काउने र समुदायको संस्कृतिसँग जोडिएकाले सबैको मन जितेर, पारदर्शी ढंगले यसको निर्माण कार्यलाई नै नमूना बनाउन अभियानलाई आग्रह गरे ।
डा. पोखरेलले तोकिएको दुई बर्षको अवधीमा काण्ठमण्डप पुनर्निर्माणको अभियानले पुर्णता पाउनेमा विश्वास व्यक्त गरे ।
काठमाण्डौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत इश्वरराज पौडेलले काष्ठमण्डप पुनर्निर्माणका क्रममा आवश्यक पर्ने निर्माण सामाग्रीको गुणस्तर पुरात्व विभागले हेर्नुपर्नेमा जोड दिए ।
काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानले काष्ठमण्डप पुनर्निर्माणको मूल जिम्मेवारी लिनेछ

Source: Clickmandu.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *