भारतलाई हराउँदै वेस्ट इन्डिजले जित्यो यु-१९ विश्वकपको उपाधि

Posted On    Author    Category खेल.

आइसीसी यु-१९ विश्वकपको उपाधि वेस्ट इन्डिजले जितेको छ। आइतबार बंगलादेशमा भएको फाइनलमा खेलमा भारतलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ४५.१ ओभरमा अलआउट भएर १ सय ४६ रनको चुनौति पेस गरेको थियो। जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले ३ बल अगावै लक्ष्य भेट्टायो।

उपाधि दिलाउन वेस्ट इन्डिजका किसी कार्टी र किमो पलले उत्कृष्ट साझेदारी खेले। उनीहरुले ६९ रनको साझेदारी बनाउन कार्टीले ५२ र पलले ४० रनको अविजित योगदान दिए। त्यस्तै सिम्रोन हेटमेयरले २३ र टेभिन इम्लाचले १५ रन बनाए।

भारतलाई कम रनमै समेट्न वेस्ट इन्डिजका लागि अल्जारी जोसेफ र रेयान जोह्नले तीन तीन विकेट लिएका थिए। त्यस्तै किमो पलले २ विकेट लिए।

यसअघि भारतका लागि सर्फराज खानले ५१ रन बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *