बोरिङबाट आएको पानी पिउन पाउँदा गोदावरी नगरका स्थानीय खुशी

Posted On    Author    Category सामाजिक.

ललितपुर,लामो समयदेखि गोदावरी नगरपालिकाको पहलमा आजदेखि डिप बोरिङ मार्फत थप खानेपानीको सुचारु गरिएको छ । गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा सो कार्य सम्भव भएको हो । नगरपालिकाको वडा नम्बर १० मुलडोल र चारघरेमा सम्पन्न गरिएको बोरिङबाट खानेपानीको समस्याको समाधान भएको नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।
shree balaji diamond store in nepal
मुलडोलस्थित डिप बोरिङबाट ६ ईञ्चको पानी आइरहेको प्रमुख महर्जनले बताउनुभयो । बोरिङबाट आएको पानीलाई सोही वडाकै टाहाखेलस्थित खानेपानीको ट्याङ्कीमा जम्मा गरेर वितरण प्रणालीमा आजैबाट थप गरिएको हो ।
यसै गरी चारघरेबाट आएको पानीलाई समेत टाहाखेलस्थित पानी ट्याङ्कीमा जम्मा गरी वितरण गरिएको छ । बोरिङबाट आएको पानी प्रति मिनेट एक हजार लिटर रहेको प्रमुख महर्जनले बताउनुभयो ।

यसको आधारमा प्रति घण्टा साठी हजार लिटर पानी आउने छ । बोरिङबाट आएको पानीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएको स्थानीयवासीलाई सहज बनाएको उहाँको भनाई रहेको छ । नगरपालिकाको पहलमा हालसम्म वडा नम्बर १० मुलडोल र चारघरे, वडा नम्बर ९ स्थित छम्पी तथा वडा नम्बर ८ स्थित डुकुछापमा डिप बोरिङ सम्पन्न भइसकेको छ ।

सम्पन्न भइसकेका बोरिङमध्ये मुलडोल र चारघरेबाट आएको खानेपानीलाई मात्र हाल वितरण गरिएको छ भने बाँकी केही समयपछि सुचारु गरिने प्रमुख महर्जनले बताउनुभयो ।
बोरिङ मार्फत थप खानेपानी आएकोमा स्थानीयवासी हर्षित भएका छन ।
source : mediasanchar.com

shree balaji diamond

Leave a Reply

Your email address will not be published. Required fields are marked *