बाजेको सेकुवा’मा पापको पराकाष्ठको भण्डाफोर !

Posted On    Author    Category अपराध.

काठमाडौं : ३८ सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि बनेको गृह मन्त्रालयको विशेष अनुसन्धान समितिले चेतन भनिने चेतनाथ भण्डारीको पूर्ण स्वामित्वमा उपत्यकामा रहेका पाँचवटा ‘बाजेको सेकुवा’ नामक ब्रान्डेड रेष्टुरेन्टमा शिलबन्दी गरेको छ।

संगठित अपराध, मानव हत्या लगायतको मुद्दाका फरार प्रतिवादी भण्डारीको स्वामित्वमा रहेका पाँच बाजेको सेकुवा शिलबन्दी गर्ने प्रक्रिया सुरु भएको र अन्य पाँचमाथि अनुसन्धान भइरहेको छानबिन समितिका संयोजक ईश्वरीराज पौडेलले जानकारी दिए।

मोरङ जिल्ला अदालतमा बाजेको सेकुवा रेष्टुरेन्टका मालिक भण्डारीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। बुधबार गृहमन्त्रालयको छानबिन समितिले बत्तीसपुतली र नक्साल र अनामनागरमा रहेका बाजेको सेकुवामा शिलबन्दी गरिसकेको छ । पौडेलका अनुसार अन्य क्षेत्रमा रहेका शेकुवामा शिलबन्दी हुने क्रम जारी छ।

‘भण्डारीको पूर्ण स्वामित्वमा रहेका पाँचवटा बाजेको सेकुवा ब्रान्डका रेष्टुरेन्टमा शिलबन्दीको प्रक्रिया सुरु भइसकेको छ’, छानबिन समितिका संयोजक पौडेलले भने, ‘अन्य पाँचमाथि अनुसन्धान गर्दैछौँ।’

सुरक्षाकर्मीसहित सेकुवा सेन्टरमा पुगेको गृहमन्त्रालयको छानबिन समितिले कार्यरत कर्मचारी र खाद्यान्न निकालेर शिलबन्दी गरेको हो ।

 

titan

Leave a Reply

Your email address will not be published. Required fields are marked *