बहिर्गमित जनमुक्ति सेना नेपालले गरे आन्दोलनको घोषणा

Posted On    Author    Category Uncategorized.

काठमाडौ – बहिर्गमित लडाकुहरुको संगठन बहिर्गमित जनमुक्ति सेना नेपाल माग पुरा नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
शुक्रवार काठमाडौमा पत्रकार सम्मेलन गरेर संगठनले आन्दोलनको घोषणा गरेको हो । घोषित आन्दोलनका कार्यक्रमहरुमा चैत्र १ गते ६ गतेसम्म राजनीतिक दल र सरकारलाई स्मरण पत्र बुझाउने, चैत्र ६ गतेदेखि २५ गतेसम्म डिभिजन स्तरीय भेटघाट र सुझाव संकलन, गर्ने रहेको छ । त्यस्तै २५ देखि ३० गतेसम्म डिभिजन स्तरीय प्रतिनिधि मण्डल प्रशिक्षण गराउने र त्यती गर्दा पनि आफ्नो मागमा सुनवाई नभए बैशाख ३ गतेदेखि नेपाल बन्द र चक्का जाम गर्ने रहेका छन । पत्रकार सम्मेलनमा हालै सम्पन्न तेस्रो राष्ट्रिय भेलाबाट नवराज सन्झ्याल ईन्चार्ज र तेजबहादुर बुढा अध्यक्ष रहेको ५१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन गरेको जानकारी दिईएको थियो । पत्रकार सम्मेलनमा ईन्चार्ज नवराज सन्झ्यालले आफूहरुले अगाडि सारेको माग पुरा नभए शसस्त्र रुपमा अघि बढ्ने चेतावनी दिदै आफूहरुसँग राज्यले निर्णायक बार्ता गर्नु पर्ने माग गर्नुभयो ।  सल्लाहकार समिति संयोजक लालचन्द्र विकले पहिला आफूहरुले राज्यकोलागि लडेको भन्दै अब आफ्नो अधिकारकोलागि लड्नु पर्ने बेला आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *