बच्चाले मोबाइलमा अश्लिल तस्बिर हेरेको यसरी थाह पाउनुहोस

Posted On    Author    Category सामाजिक.

मोबाइल र त्योसँगै विकास भएको इन्टरनेटले धेरै कुरा परिवर्तन गरेको छ ।
काम लाग्ने नलाग्ने सबै । इन्टरनेटमा बिताउनेहरु पोर्न साइट हेर्नेपनि बढी छन् । बच्चाको पहुँचमा इन्टरनेट पुगेको हुँदा बच्चाले पनि यसलाई हेरिरहेका हुन्छन् । अभिभावकको लागि बच्चाले इन्टरनेटमा के गरिरहेको छ त्यसको जानकारी लिनुपर्ने हुन्छ । प्रविधिको नियमन प्रविधिबाट मात्र सम्भव हुन्छ ।
यदी कुनै बच्चाले अश्लिल तस्बिर हेरेको वा पोर्न साइट क्लिक गरेको भए उसको बाबुआमालाई सर्तक बनाउने एप बनेको छ । ग्यालरी गार्डियन नाम गरेको एपले बच्चाले इन्टरनेटमा पोर्न साइट हेरेको जानकारी दिन्छ ।
यो प्रविधिका संस्थापक ड्यानिल स्कोर्वोन्सीका अनुसार यो एप बुझ्नको लागि निकै सजिलो तरिका छ ।
एपले पहिले आउने तस्बिरलाई सनाखत गर्छ । यसपछि स्क्रिनमा देख्छ । त्यसपछि यसको गणना गर्न सुरु गर्छ ।
एपको बारेमा बुझ्न बिबिसीले अध्ययन गरेको थियो । अध्ययनमा केही तस्बिर बाहेक एपले काम गरेको देखिएको थियो ।
बिबिसीले २० वटा कामुक तस्बिरको परीक्षण गरेको थियो । जसमा १२ वटा तस्बिर एपले चिनेको थियो । आठवटा तस्बिर भने एपले चिन्न सकेको छैन । कम्पनीका अनुसार ९६ प्रतिशतसम्म तस्बिर एपले चिन्ने छ ।

Source: Clickmandu

Leave a Reply

Your email address will not be published. Required fields are marked *