प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै कार्ड प्रयोग नगर्ने

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडौं, चैत ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै कार्ड प्रयोग नगर्ने बताउनुभएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराउँदै दुई छिमेकी राष्ट्र भारत र चीनलाई एकअर्का्विरुद्धको कूटनीतिमा असर पर्ने सम्झौता नगर्ने बताउनुभएको हो । उहाले चीन भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, जन कङ्ग्रेस प्रमुख र केही युनिभर्सिटीमा अन्तर्क्िरया हुने जानकारी जानकारी गराउनुभयो । बैठकमा प्रधानमन्त्री ओलीले चीनसँगका सम्भावित ट्रान्जिट प्वाइन्टबारे छलफल हुने जानकारी दिनुभयो । उहाले चीनसँग जोडिने रसुवागढी नाकाको लेन फराकिलो बनाउने, किमाथाङ्का नाकालाई दुई लेनको बनाउनेलगायतबारे छलफलसमेत हुने बताउनुभयो । त्यस्तै तिब्बतबाट विजुली ल्याउनका लागि अध्ययन गर्नेबारे पनि छलफल हुने प्रधानमन्त्रीले जानकारी दिए। अध्ययनपछि ट्रान्समिसन लाइन बनाइ पछि बिजुली पठाउने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीका अनुसार चीन सरकारले बनाइरहेको काठमाडौं उपत्यकाको चक्रपथ सडकको स्तरोन्नतिबारे पनि छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *