प्रधानमन्त्री ओलीका नेपाल बदल्ने पाँच योजना

Posted On    Author    Category राजनीति.

१. आधुनिक आत्मनिर्भर राष्ट्र
संविधान सभामार्फत संविधान बनिसकेको अवस्थामा विकास निर्माणको कामलाई तिब्रता दिँदै आधुनिक आत्मनिर्भर राष्ट्र बनाउने योजना ओलीको छ । हिजोको सानो, स्वतन्त्र परिवारको निर्वाहमुखी ढाँचाको नभइ आधुनिक, विकसित आत्मनिर्भर राष्ट्र बनाउने उनको तर्क छ । ‘विकासका गतिहरु यति सुस्त गतिमा छन, अव त्यो मान्य छैन’ ओलीले भनेका छन । ओलीले दुई वर्षभित्र खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने योजना पनि अगाडि सारेका छन ।

२. काठमाडौँमा मेट्रो रेल र विद्युतीय बस
काठमाडौँको स्वरुप परिवर्तन गर्ने योजना प्रधानमन्त्री ओलीको छ । त्यसका लागि मेट्रो रेल चलाउने योजना छ । इन्धन संकटको मार खेपेका उपभोक्ताबीच प्रधानमन्त्री ओलीले विद्युतीय बस संचालन गर्ने योजना अगाडि सारेका छन । मुलुक बदल्ने योजनाहरु ल्याउँदा कतिपयलाई टाउको दुखाईको विषय बनेको निष्कर्ष ओलीको छ । ओलीले भनेका छन–‘हिजोसम्म कसैले पनि नसोचेको कुरा मेट्रो रेल संचालन गर्ने, विद्युतीय बस संचालन गर्ने कुरा विद्धानमित्रहरुलाई अर्को झट्का भयो । यसबाट केही मानिसहरु आत्तिए, केही भ्रममा परे ।’

३. लोडसेडिङ अन्त्य
एक वर्षभित्र लोडसेडिङ समाप्त पार्ने योजना ओलीको छ । १०५ वर्षमा ७ सय मेगावाट मात्र विद्युत निस्केको अवस्थामा एक वर्षभित्र लोडसेडिङ मुक्त गर्ने भनेपछि केही मानिसहरु आत्तिएको ओलीको तर्क छ । उनले भनेका छन –‘१०५ वर्षअगाडि फर्पिङबाट जलविद्युत आयोजना सुरु भयो । अहिले ७ सय मेगावाट मात्र उत्पादन हुन्छ । हिउँदमा त जम्मा ३ सय मात्र । यसअवधिमा हामीले के गर्यौँ ? अव यसरी बस्न सकिदैन । द्रुत गतिमा काम हुन्छ ।’

४. आधुनिक बैदेशिक सम्बन्ध
नाकाबन्दीको मारमा परेका जनताले बैदेशिक सम्बन्धलाई नयाँ हिसावले अगाडि बढाउनुपर्ने आवश्यकता देखेका छन । प्रधानमन्त्री ओलीपनि यसबाट टाढा छैनन् । राष्ट्रिय हितलाई सर्वेपरि राखेर, राष्ट्रको शीर नझुक्ने गरी नेपालले बैदेशिक सम्बन्ध अगाडि बढाउने ओलीको योजना छ ।

५. बोलेका कुरा पुरा गरेरै छाड्ने
प्रधानमन्त्री ओलीले आफूले बोलेका कुरा पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन । उनले भनेका छन–‘मैले गरेका कुराहरु सवै पुरा गर्छु । अहिलेमात्र होइन, १०–२० वर्ष पहिला भनेको कुराको जवाफदेहीता पनि म लिन्छु । यो के भनेको भनेर भुक्तानी कसैले माग्छ भने त्यसको जिम्मेवारी लिन र जवाफ दिन तयार छु । आज बोलेका कुराहरुको जवाफ जुनसुकै बेला दिन तयार छु ।

source nepalpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *