पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

Posted On    Author    Category व्यापार.

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा एक/ एक रुपैयाँ बढाएको हो। बढेको मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय १ र मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ७८ भएको छ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जनाए। मूल्य बद्धि गर्दा पनि निगम मासिक २३ करोड घाटामा रहेको प्रवक्ता गोइतले बताए।

खाना पकाउने ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ। अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बृद्धि हुँदा बढाउने र घट्दा घटाउने गरी पूर्ण स्वचालित मूल्य निर्धारण गरिने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *