पुस मसान्तभित्र भवन निर्माण प्रमाणित नगरे कारबाही

Posted On    Author    Category सामाजिक.

काठमाडौंँ  – आगामी पुस मसान्तभित्र भवनको अद्यावधिक नगर्नेलाई काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ ।
कामपा राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार कामपाले दिएको मितिसम्म पनि नगरवासीले उक्त काम नगरेमा कारबाहीमा पर्ने पक्का छ । सूचना सङ्कलनका लागि स्वीकृति लिएर सोबमोजिम निर्माण नभएका तथा स्वीकृति नलिई भवन निर्माण भएका सबै भवनको नक्सा अद्यावधिक गर्न समय दिएको हो । गत असोज ६ गते बसेको महानगर परिषद्को निर्णयानुसार उक्त सूचना जारी गरिएको हो ।

पुस मसान्तसम्म निर्माण सम्पन्न प्रमाणपत्र पेस तथा निर्माण प्रमाणित नगरे त्यस्ता भवनको हकमा स्वायत्त शासन ऐन, २०५५ अनुसार कारबाही हुने बताइएको छ । नयाँ व्यवस्थानुसार निर्माण सम्पन्न प्रमाणपत्र लिएपछि मात्र नयाँ घरमा पानी र बत्तीको सुविधा पाइने व्यवस्था छ ।

काफ्लेका अनुसार नक्सा अद्यावधिक गर्न जग्गाधनी प्रमाण प्रतिलिपि, आंशिक भवन नक्सा स्वीकृति लिएको भए सोको प्रतिलिपि तथा स्वीकृति नलिई निर्माणभए क्षेत्रफल र तल्लासहित निवेदन पेस गर्नुपर्छ ।

त्यसैगरी निर्माण सम्पन्न प्रमाणपत्र लिएको भए सोको प्रतिलिपि, चालु आवसम्मको मालपोत तथा घरजग्गा, बहाल, व्यवसाय, सवारी र मनोरञ्जन कर तिरेको÷नतिरेकोसमेत जानकारी गराइनुपर्छ ।

 

source ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *