पुष्पा बनिन् सिएनएन सुपर हिराे

Posted On    Author    Category राष्ट्रीय समाचार, सामाजिक.

काठमाडौं । नेपाली समाजसेवी पुष्पा बस्नेतले सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन्। यसअघि सीएनएन हिरो घोषित भर्इ सिएनएन सुपर हिराेका लागि मनाेनयनमा परेका पाँच जनालार्इ पछि पार्दै उनी सुपर हिराे बनेकी हुन्। फेसबुक र ट्वीटरमार्फत भएकाे भाेटिङका अाधारमा सुपर हिराे छनाेट गरिएकाे सिएनएनले जनाएकाे छ।

अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको १० वर्ष पुगेको अवसरमा सुपर हिरो अवार्ड अायाेजना गरेकाे हाे। साेमबार भएकाे अवार्ड घाेषणा कार्यक्रममा उपाधिसँगै पुष्पालार्इ ५० हजार अमेरिकी डलर नगद पुरस्कार समेत प्रदान गरिएकाे जनाइएकाे छ।

प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्दैै आएकी उनी २०१२ मा सीएनएन हिरो घोषित भएकी थिइन् र ५० हजार डलर पुरस्कार प्राप्त गरेकी थिइन्।

उक्त रकमकाे लगानीमा उनले उनले बुढानिलकण्ठ नजिकै बालबालिकाका लागि ‘पुतली घर‘ निर्माण गरेकी छन् । निर्माण कार्य पूरा नहुँदै २०७२ वैशाख १२ मा अाएकाे भूकम्पले उक्त भवनमा क्षति पुगेकाे थियाे।

जर्मन च्यारिटी नामक संस्थाले सहयाेग गरेपछि पुनः पुतली घर निर्माण सम्पन्न गरी बस्नेत र उनीसँगै रहेका बालबालिकाहरु हाल त्यहाँ बसेका छन्।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *