पल्सर स्पोर्टस अवार्डमा फुटबलको बर्चस्व, नवयुग र फूपू उत्कृष्ट

Posted On    Author    Category खेल.

६ साउन, काठमाडौं । बर्ष २०७२ नेपाली फुटबलको लागि अविस्मरणीय रहृयो । त्यस बर्ष नेपाली टोलीले २३ बर्षको उपाधि खडेरी तोड्दै फुटबलमा दुई प्रमुख उपाधि भित्र्याएको थियो । त्यसैको प्रतिफल हो, नेपाली फुटबलले बिहीबार घोषणा भएको पल्सर स्पोर्टस अवार्डमा नौमध्ये ६ अवार्ड हात पार्न सफल भयो ।

बर्षको उत्कृष्ट खेलाडी, बषर्को उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, लाइफटाइम एचिभमेन्ट अवार्ड र स्पेसल अवार्ड फुटबल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई प्रदान गरियो । नवयुग श्रेष्ठ, अन्जन बिष्ट, बालगोपाल महर्जन, श्रीराम रञ्जीतकार र स्वर्गीय ललितकृष्ण श्रेष्ठ क्रमसः यो भिन्न भिन्न अवार्डको हकदार बने । नेपाली राष्ट्रिय फुटबल टोलीलाई टिम अफ द इयरको रुपमा सम्मानित गरियो ।

यसका अलावा भारतमा भएको १२औं दक्षिण एशियाली खेलकुदमा जुडोबाट स्वर्ण जितेकी फूपू ल्हामू खत्री उत्कृष्ट महिला खेलाडी घोषित भइन् भने पिपुल्स च्वाइस अवार्डमा टेवलटेनिसकी नविता श्रेष्ठले धेरै समर्थकको मत पाइन् । त्यस्तै उत्कृष्ट पारा एथ्लिट अवार्डमा पारा तेक्वान्दोकी सिता भण्डारी चुनिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *